काठमाडौँ । टप एण्ड टी- २० सिरिजअन्तर्गत पाँचौं खेलमा नेपालले  मेलर्वन रेनेगेड्ससँग टस जितेर ब्याटिङ गर्ने भएको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले लगातार ३ हार र एक जितसहित  आज पाँचौं खेल खेल्दैछ।

नेपालको टिममा आजको खेलको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्ने भएका छन्। लोकेह बमले विकेटकिपिङ गर्ने छन्।  आजको खेलमा सन्दीप लामीछानेलाई आराम दिइएको छ। गुल्सन झा, रुपेश कुमार सिंह र सोमपाल कामीले आज प्लेइङ ११ मा स्थान बनाएका छन्।

दिपेन्द्र सिंह ऐरी (कप्तान), लोकेश बम, कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, गुल्सन झा, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन यादव र साहब आलम