काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले बुधबार पाँचौं खेलमा टस जित्दै ब्याटिङ रोजेको छ ।

डार्बिनमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीले टस जित्दै पहिला आफूले ब्याटिङ रोजेको छ भने कप्तान रोहितकुमार पौडेलले मेलबर्न रेनेगेट्स एकेडेमीलाई फिल्डिङको निम्तो दिएको हो ।

आजको खेलमा नेपालले मुख्य दुई खेलाडी नै परिवर्तन गरेको छ । ब्याटिङमा लगातार खराब फर्ममा रहेका कप्तान रोहितकुमार पौडेल र ओपनर आशिफ शेखलाई नै बेन्चमा राखेको छ । यस्तै लेग स्पिनर सन्दीप लामिछाने पनि बेन्चमै छन् ।

आजको प्लेइङ ११ मा गुश्लन झा, रुपेशकुमार सिंह, सोमपाल कामी र साहब आलमलाई फेरि मौका दिइएको छ ।

आजको प्लेइङ ११

दीपेन्द्र सिंह ऐरी (कप्तान), लोकेश बम (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, गुल्शन झा, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दन यादव र साहब आलम