
काठमाण्डाैँ । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टी-२० ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुने भएको छ।
भदौ २४ गतेदेखि असोज ८ गतेसम्म प्रतियोगिता गर्न लागेको राइजिङ स्टार क्रिकेट एकेडेमी एण्ड इभेन्ट म्यानेजमेन्टले आयतबार जानकारी दियो।
नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्ने लागिएको प्रतियोगिताका समूह चरण तथा सेमिफाइनल खेल सिफल ग्राउन्डमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल भने तल्लो अथवा माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा हुनेछ।
प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा क्रिकेट एक्सलेन्स सेन्टर बाट ५, ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ४, ओएसिस क्रिकेट एकेडेमीबाट २, काठमाडौं क्रिकेट एकेडेमी, किङ्स क्रिकेट एकेडेमी, काभ्रे क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, अल्पाइन एकेडेमी र आयोजक राईजिङ स्टार क्रिकेट एकेडेमीबाट समाा १ टिम सहभागी हुनेछन् ।
सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुईवटा टिमहरू क्वार्टर फाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा विधागततर्फ प्लेयर अफ द टुनमिन्ट’, ‘बेस्ट ब्याटर, ‘बेस्ट बलर’ र ‘बेस्ट फिल्डर’लाई पनि पुरस्कार दिइनेछ।







Facebook Comments