काठमाडौं । दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको छ । अस्ट्रेलिया बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ रनले पराजित भयो ।

साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले १५७ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुपेश सिंहले १९ बलमा ३७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । लोकेश बमले २६ बलमा ३२ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । बलिङमा नेपालका रुपेश सिंह र करण केसीले समान २(२ विकेट लिएका थिए।

यसअघि आजै भएको पहिलो खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो ।