
काठमाण्डौ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आवद्ध इन्टर मियामीलाई हराउँदै सिएटल साउन्डर्सले लिग्स कपको उपाधि जितेको छ ।
गएराति लुमेन फिल्डमा भएको फाइनलमा साउन्डर्सले मियामीलाई ३–० गोलले हरायो । साउन्डर्सका ओसाजे डे रोजारियो, एलेक्स रोदान र पल रोथरकले गोल गरे ।
यसैबीच फाइनल खेल सकिएपछि मैदानमा खेलाडीबीच विवाद भएको थियो । यद्यपि केही समयमा अवस्था सामान्य बनेपछि दुवै टोलीका खेलाडी ट्रफी वितरण समारोहमा सहभागी भए ।







Facebook Comments