
काठमाडौँ । एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले आज पहिलो खेल ताजिकास्तानसँग खेल्दै छ।
बुधबार खेल ताजिकास्तानको पामिर रंगशालामा हुनेछ। खेल नेपाली समय अनुसार ९:४५ बजेबाट सुरु हुनेछ। नेपाल जितको लक्ष्य सहित मैदान उत्रिने छ। भदौ २१ गते नेपाल र सिरिया आमने सामने हुनेछन्। नेपाल र सिरियाबिचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा हुनेछ।
नेपाल र फिलिपिन्सबिचको खेल भदौ २४ गते हुनेछ। सो खेल पनि बेलुका ५:१५ मा हुनेछ।







Facebook Comments