काठमाडाैँ । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी फेवाताल किनारमा अनावरण गरिएको छ ।

शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल किनारमा अनावरण गरेका हुन् ।


ट्रफी अनावरण कार्यक्रममा पोखरा निन्जाजका खेलाडीहरू पनि सहभागी भएका थिए । ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पूजा पनि गरिएको थियो ।