
काठमाडाैँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टर बराबरीमा रोकिएका छन्। इस्टाडी ओलिम्पिक लुइस कम्पनीसमा भएको खेल ३–३ गोलको बराबरीमा रोकिएको हो।
खेलको ३० सेकेण्डमै माकुर्सस थुरामको गोलबाट इन्टरले अग्रता बनाएको थियो। २१औँ मिनेटमा डेन्जेल डम्फ्राइजले गोल थप्दै टोलीलाई २–० को अग्रता दिलाए। तर २४औँ मिनेटमा बार्सिलोनाका लागि १७ वर्षीय फरवार्ड लामिन यामलले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। ३८ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए।
पहिलो हाफमा २-२ गोलको बराबरी भएको खेलको ६३ औँ मिनेटमा डेन्जेलले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई अग्रता दिलाए पनि त्यसको दोस्रो मिनेटमा यान सोमरले आत्मघाती गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा पुग्यो। यी दुई टोलीबीच आगामी मंगलबार दोस्रो लेग हुनेछ।
यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १–० ले हराएको थियो।







Facebook Comments