
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ क्लब महिला च्याम्पियनसिप खेल्ने पाँच देशका पाँच क्लब सार्वजनिक गरेको छ ।
साफले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतियोगिताको पहिलो संस्करणमा सहभागी हुने पाँच देशका पाँच क्लबको नाम सार्वजनिक गरेको हो । साफका अनुसार बंगलादेशबाट नास्रिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सफोर्ट युनाइटेड, भारतबाट इस्ट बंगाल, पाकिस्तानबाट कराची सिटी फुटबल क्लब र नेपालबाट एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा श्रीलंका र माल्दिभ्सबाट भने कुनै पनि टिमको सहभागिता रहने छैन । साफले पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगिता आगामी डिसेम्बर ५ देखि २० सम्म बंगलादेशमा हुने तालिका छ ।







Facebook Comments