काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।