काठमाडौं । चलचित्र ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ । निर्माण टिमले सोमबार चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै माघ ९ बाट प्रदर्शन मिति समेत तोकेको छ ।

पोस्टरमा चलचित्रका मुख्य पात्र सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत भएका छन् । पोस्टरमा आगो, लडाइँ र प्रतिशोध देखिन्छ ।

उनले बोकेको तरबारमा आगोको राप देखिन्छ । सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको पोस्टरले संकेत गरेको छ ।

विजय केरुङले निर्देशन गरेको चलचित्रमा कथा तथा निर्माण दीपक सिवाकोटीको छ ।

चलचित्रमा सुशील श्रेष्ठसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङलगायतको अभिनय छ ।