काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज (असोज ७) सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुन आज एकैदिन तोलामा ३९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार (असोज ६) प्रतितोला सुनको मूल्य दुई लाख १७ हजार ८०० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य तोलामा दुई हजार ६८० रुपैयाँमा उक्लिएको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ बढेको महासंघले जनाएको छ ।