काठमाडौँ । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को सार्वजनिक भएको छ। सार्वजनिकटिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेमवरिपरि घुमेको छ।

इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ। चिया बगानमा चिया टिप्न ढोको बोकेकी मिरुना मगरलाई डोको बोकेको देख्न सकिन्छ। सायद उनी चिया बगानमा चिया पत्ती टिप्ने काम गरेकी हुन कि भन्ने बुझिन्छ। धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ। तर, कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’ लाई तक्मेबुढा (विल्सन विक्रम राई) को निर्देशक र कथामा बनेको हो। फिल्ममा धिरज,मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।