काठमाडौँ । चलचित्र ‘हर्ष’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ । डेब्यु निर्देशक एकता पौडेल निर्देशित सिनेमाले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरेको हो ।

गीतमा एलिस कार्कीको संगीत छ भने प्रताप दास र सदीक्षा कट्टेलको स्वर छ । पवित्रा घिमिरेको शब्द रचना रहेको गीतको भिडियोमा सुनील क्षेत्रीले कोरियोग्राफी गरेका हुन् । गीतमा चलचित्रका कलाकार फिचर्ड भएका छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनील क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधर फिचर छन् ।

चलचित्र ‘हर्ष’लाई प्रशन्न पौडेल तथा विकाश पौडेलले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा हिक्मत चोखाल हुन् । सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ, विसा पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ । चलचित्र मंसिर १२ गते रिलिज हुनेछ ।