
काठमाडौँ । गीतकार जंग बहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक भएको छ । यस गीतमा प्रेममा परेका व्यक्तिको भावना र सम्बन्धमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ । रचनात्मक शैली र आधुनिक संगीत संयोजनले गीतलाई थप मधुर बनाएको छ ।
यस गीतमा स्वर गायिका मेलिना राईले दिएकी छन् भने संगीत संयोजन वरिष्ठ संगीतकार शान्तिराम राईले गरेका हुन् । गीतकार जंगबहादुरको शब्द, शान्तिरामको संगीत, मेलिनाको मधुर स्वरले गीतलाई भावपूर्ण बनाएको छ ।
‘म फसेछु कस्तो माया जालमा’ ले विशेषगरी प्रेममा बाँधिने जोडीको मनोविज्ञानलाई कलात्मक तरिकाले चित्रण गरेको छ । जंगबहादुर राईको शब्द तथा संगीतमा लोक पप ‘सुसेली हाल्यो वनैमा आज कोइलीले भाकेर’ बोलको गीत यसअघि सार्वजनिक भएको थियो ।







Facebook Comments