काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य  आज ३ हजार रुपैयाँले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख  ३८ हजार पुगेको हो।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ४२ सय रुपैयाँले घटेको थियो। सो दिन  प्रतितोला सुन २ लाख ३५ हजारमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि आकासिएको छ। आज चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार  एक तोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो शुक्रबार प्रतितोला चाँदी ३ हजार ८५ रुपैयाँमा खरिदिबिक्री भएको थियो।