काठमाडौँ । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि युएईलाई १० रनको आवश्यक थियो । दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाए । युएईले पहिलो बलमा एक रन, दोस्रो बल डट हुँदा तेस्रो बलमा छक्का प्रहार गर्‍यो ।

त्यतिबेला युएईलाई जितका लागि ३ बलमा ३ रन आवश्यक थियो । चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट लिदै नेपालले एक रनको रोमाञ्चक जित निकाल्यो ।