काठमाडौँ ।  विजया दशमी, शुभदिपावली, छठ पर्व र नेपाल संम्बत ११४६ को अवसर पारेर, पिस फिटनेस सेन्टरले गत शनिवारबाट आयोजना गरेको मेन्स डबल खुल्ला, मेन्स डबल भेट्रान्स र मेन्स डबल सुपर भेट्रान्स अन्तर्गतको खेलहरू आज सम्पन्न भएको छ । 

काठमाडौँ महानगर पालिका वडा नं। ३२ र कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ६,७,८,९ का व्याटमिन्टन खेलाडीहरूको सहभागिता रहेको फाइनल प्रतियोगितामा मेन्स डबल तर्फ दिनेश केसी र अनुप घिमिरेको जोडीले उमेस धिताल र कुन्दन कडरियाको जोडीलाई तेस्रो सेटमा पराजित गरेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा भएको खेलमा पहिलो सेट २३–२१ ले उमेश धिताल र कुन्दन कडरियाको टिमले जिते पनि दोस्रो र तेस्रो सेट क्रमशः २१–१६ र २१–१८ को नतिजाले दिनेश र अनुपको जोडीले जितेको हो । 

त्यस्तै आजै भएको मेन्स डबल भेट्रान्समा गणेश थापा र अशोक उदाशको जोडीले विष्णु बस्नेत र रामचन्द्र कार्कीको जोडीलाई सोझो सेटमा पराजित गरेको थियो । दर्शकहरूको बाक्लो उपस्थिति रहेको र अत्यन्तै रोमाञ्चक अनि प्रतिस्पर्धात्मक खेलमा गणेश थापा र अशोक उदाशको जोडीले २१–१६ र २१–१७ को स्कोरमा विपक्षी जोडीलाई पराजित गरेको हो। 


पीस फिटनेश सेन्टरको आयोजनामा भएको प्रतियोगितामा आजै सम्पन्न मेन्स डबल सुपर भेट्रान्स समूहमा गोपाल खापुडं मगर र मणि गौतमको जोडीले श्रीराम खड्का र कालीदास देवकोटाको जोडीलाई सोझो सेटमा २१–१८ र २१-१६ को नतिजाले पराजित गरेको हो ।

पिस फिटनेस सेन्टरको कवर्डहलमा गत शनिबारबाट शुरु भएको खेलमा मेन्स डवल खुल्लामा ४७ टिम, मेन्स डवल भेट्रान ४५ वर्ष समूहमा ३९ र मेन्स डवल ५५ वर्ष उमेर समूहका १७ टिम खेलाडी रहेका थिए ।

संन्जय कपालीको नेतृत्व, नरेन्द्रराज न्यौपानेको संयोजन र व्याटमिन्टनका राष्ट्रिय रेफ्री राजु दउजाले संन्चालन गरेको प्रतियोगितामा विजयी खेलाडीहरूलाई आजै महालेखा परीक्षक तोयमराज राय, मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल,राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमल प्रसाद भट्टराई, सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेलष्ठ, राष्ट्रिय वाणिज्य वैंकका पूर्व कार्यकारी निर्देशक मनमोहन कुमार श्रेष्ठले विजयी खेलाडीलाई नगद, स्वर्ण, कांस्य र रजत पदक, ट्रफी  लगायत अन्य पुरस्कार प्रदान गरेका थिए ।प्रतियोगितामा ईमर्जिडं खेलाडीमा कुन्दन कडरियालाई पुरस्कृत गरिएको थियो भने ७५ वर्षिय खेलाडी देवराज के।शीलाई प्रोहोत्सान स्वरूप सम्मान गरिएको थियो ।