कार्तिक ११, काठमाण्डौ । भारतमा नेपाली महिला राष्टिय फुटवल खेलाडि झेली रहेको दुःखको विषयलाई लिएर नवनियुक्तm युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटवल संघ एन्फा महासचिव किरन राईलाई फोन गरेका छन् ।
भारतको सिलोडमा भई रहेको महिला फुटवल प्रतियोगितामा भाग लिई रहेको राष्ट्यि महिला खेलाडीले दुःख पाएको विषयमा कसको कमजोरी भन्दै महासचिव राईसँग सोधीखोजी गरेका छन् । मन्त्री गुप्तासँग महासचिव राईले खेलाडीले दुःख पाएको स्विकारर्दै हिजो अस्ती केही कमिकमजारी भएको थियो तर अहिले सुधार भई सकेको भन्दै मन्त्री गुप्ताको प्रश्नबाट उम्कीन खोजेका थिए । टेलिफोन संवादमा महासचिव राईले भारतिय फुटवल संघले नै सवै कुरा व्यवस्थापन गर्ने भनेकाले विस्वासमा परेको बताए तर मन्त्रीको कतिवेला खाजा खुवाउने, कति वेला खाना ख्वाउने कहाँ वसाउने त्यो कार्यधिी नलिई कसरी हाम्रो राििष्टय खेलाडीलाई छोडिराखेको भनेर मन्त्रीले भनेपछी महासचिव राई केहीवेर रोकिएका थिए र यस विषयमा बसेरै कुरा गर्ने बताएका थिए ।
भारतको सिलोडमा भएको प्रतियोगितामा हिजो नेपालले भारतसँंग २, १ गोलको अन्तरले विजयी भएको थियो ।

४ वैशाख २०८३, शुक्रवार



Facebook Comments