अस्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा बिक्री हुने सबैभन्दा महँगा विदेशी खेलाडी भएका छन् । मंगलबार भएको खेलाडी लिलामीमा उनी २५ करोड २० लाख भारतीय रुपैयाँमा बिक्री भए ।
सन् २०२६ को संस्करणका लागि कोलकाता नाइट राइडर्सले ग्रिनलाई महङ्गो रकममा किनेको हो । सन् २०२४ को खेलाडी लिलामीमा अष्ट्रेलियाकै मिचेल स्टार्कका लागि कोलकाताले नै २४ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चेको थियो
ग्रिनको मूल्य २७ लाख ७० हजार डलर बराबर रहेको छ भने स्टार्कका लागि त्यतिबेला २९ लाख ८० हजार डलर तिरिएको थियो । भरतीय रकममा ग्रिन महङ्गो देखिए पनि अमेरिकी डलरमा स्टार्क महङ्गो हुन् । डलरको मूल्य तलमाथि भइरहने भएकाले यस्तो भएको हो ।
प्रतियोगिताको इतिहासमै ग्रिन तेस्रो महँगो खेलाडी भएका छन् । त्यस अगाडि ऋषभ पन्त २७ करोड र श्रेयस अयर २६ करोड ७५ लाख भारुमा बिक्री भएका थिए । ग्रिनले यसअघि मुम्बई इन्डियन्स र डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुका लागि खेलिसकेका छन् । उनले आईपीएलका २९ खेलमा ७ सय ७ रन बनाइसकेका छन् । गत सिजन भने उनले चोटका कारण खेलेनन् ।





Facebook Comments