नेपाली क्रिकेट टोली फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा सहभागी हुँदैछ । यो नेपालका लागि लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने अवसर हो । नेपालको टोली समूह सी मा रहेको छ, जहाँ इंग्ल्याण्ड, इटली, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका सबै खेल भारतमै हुनेछन्, जसमा मुम्बईमा पाँच खेल र कोलकतामा पाँच खेल हुने तालिका छ ।
टीमले विश्वकप तयारीको पहिलो चरण श्रीलंकामा पूरा गरी हाल भारतको मुम्बईमा दोस्रो चरणको तयारी गरिरहेको छ । त्यसपछि नेपालले चेन्नईमा आधिकारिक वार्म अप खेलहरू खेलेर फेरी समूह चरणका खेलहरूका लागि मुम्बई फर्कनेछ ।
नेपालले विगतका संस्करणहरूमा समेत विश्वकपमा प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाएको छ । टिममा युवा तथा अनुभवी खेलाडीहरूको सन्तुलन रहेको छ, जसले बलियो प्रदर्शन र रणनीतिक खेल सञ्चालन गर्न सक्ने क्षमता राख्छ ।
नेपालको सशक्त बलिङ र ब्याटिङ लाइनअप रहेको छ । टोलीको फिटनेस, रणनीतिक तयारी र वार्म अप खेलबाट टिमले आत्मविश्वास प्राप्त गरेको छ । विशेषगरी स्पिनर र तेज बलरहरूको मिश्रणले नेपाललाई विभिन्न खेल परिस्थितिमा टिक्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
नेपालले समूह चरणमा खेल्ने तालिका यसप्रकार छः
८ फेब्रुअरीः नेपालविरुद्ध इंग्ल्याण्ड
१२ फेब्रुअरीः नेपालविरुद्ध इटली
१५ फेब्रुअरीः नेपालविरुद्ध वेस्ट इन्डिज
१७ फेब्रुअरीः नेपालविरुद्ध स्कटल्यान्ड
टी–२० विश्वकपको २० टिम सहभागी हुने छ, जसमा दक्षिण एसियाका आयोजक भारत र श्रीलंका, एसियाबाट अफगानिस्तान, पाकिस्तान, ओमान, युएई र नेपाल छन्। युरोप, अफ्रिका, अमेरिका, क्यारेबियन र ओसियाना क्षेत्रका टिमहरू पनि प्रतिस्पर्धामा छन् ।
नेपालका लागि यो अवसर केवल प्रतिस्पर्धा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा क्रिकेटको विकास र अनुभवी खेलाडीहरू तयार गर्ने मौका पनि हो । टिमका युवा खेलाडीले ठूलो प्रतियोगितामा अनुभव संकलन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिस्पर्धी राष्ट्रको रूपमा प्रस्तुत गर्ने विश्वास रहेको छ ।
नेपालका खेलाडीहरू भारतको विभिन्न स्टेडियमहरूमा हुने खेलमा आफ्नो क्षमता प्रदर्शन गर्दै विश्वकपमा नेपाल क्रिकेटको उत्कृष्ट र सबल पक्ष उजागर गर्ने लक्ष्य राखेका छन् ।
विश्वकपको समूह चरणमा कूल ४० खेल हुनेछ । यस्तै सुपर एट चरणमा १२ खेल हुनेछ भने सेमिफाइनल २ अनि फाइनल १ गरी कूल ५५ खेल हुनेछ । फाइनल खेल मार्च ८ मा अहमदाबाद÷कोलोम्बोमा हुनेछ ।






Facebook Comments