काठमाडौँ । नेपालले पूजा महतोको कप्तानीमा एसिसी एसिया कप राइजिङ स्टार्स खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पूजाको कप्तानीमा एसिया कप खेल्ने टोली घोषणा गरेको हो । कप्तान इन्दु बर्मा घाइते भएका कारण उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो ।
यस्तो छ नेपाली टिम ः
पूजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनीषा उपाध्याय, काजल श्रेष्ठ र सीमाना केसी ।
नियमित कप्तान इन्दु बर्मा ह्यामिस्ट्रङ चोटका कारण मैदान बाहिर रहेपछि पूजाले कप्तानको जिम्मेवारी पाएकी हुन् ।
आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत गत साता स्कटल्याण्ड विरुद्धको अन्तिम खेलका दौरान इन्दु घाइते भएकी थिइन्। उनले ८ साता आराम गर्नुपर्ने भएको छ। पूजा राष्ट्रिय टोलीकी नियमित उप कप्तान हुन् । उनको कप्तानीमा नेपाली महिला यु १९ विश्व कप खेलेको थियो।
थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई र फेब्रुअरी १७ मा भारत ‘ए’सँग खेल्नेछ ।
राइजिङ स्टार्सको समूह ‘ए’ मा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई रहेका छन्।
बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, थाइल्याण्ड र मलेसिया समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिग पछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।






Facebook Comments