रौतहट ।गौरनगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ।
साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढा क्षेत्रका वडा अध्यक्षअवध बिहारी यादवर पूर्व अध्यक्षशेख जमशेदसहित २३ जनालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारीदिनेश सागर भूसालले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षकसिताराम रिजालका अनुसार नियन्त्रणमा लिइएकामाथि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
स्थिति तनावपूर्ण बनेपछि शनिबार दिउँसो १ बजेदेखि प्रशासनले जारी गरेको कर्फ्यु अझै कायम रहेको छ। बिहीबार साँझ दुई पक्षबीच भएको विवादपछि अवस्था तनावग्रस्त बनेको थियो।
संवेदनशील अवस्थालाई मध्यनजर गर्दै गौर क्षेत्रमा आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।सशस्त्र प्रहरी बल नेपालरनेपाली सेनाको टोली पनि सुरक्षामा खटाइएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र समेटेर कर्फ्यु आदेश जारी गरेको जनाएको छ।



Facebook Comments