जनकपुरधाम । नेकपा एमालेका नेता एवम् व्यवसायी शिवशंकर साह (हिरा) पक्राउ परेका छन् । नेकपा एमाले एवम् प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्ष समेत रहेका साहलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । 

शाहले सञ्चालन गरेको होटलमा केही दिनअघि नाबालिकाको बलात्कार भएको आरोपमा अनुसन्धान थालेपछि दाजु मनोज साह पक्राउ परिसकेका थिए । दाजु पक्राउपछि भारतको बिहारमा रहेका हिरालाई पनि प्रहरीले पक्राउ गरेर ल्याएको हो ।

मंगलबार साँझ भारतको सीतामढीबाट एमाले नेता हिरालाई पक्राउ गरेर धनुषा प्रहरीलाई जिम्मा लगाइएको छ । यीबाहेक यही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामासमेत पक्राउ परेका छन् । 

विवाहपञ्चमीलगत्तै जनकपुरधामको एक होटलमा बालिकालाई उनीसहित चार जनाले जबरजस्ती गरेको आरोप छ । बालिका अहिले सेफ हाउसमा बसिरहेका छन् । उनले दिएको जाहेरीको आधारमा थप अनुसन्धान भइरहेको छ ।


हिरा एमालेबाट २०७९ सालको जनकपुरधाम नगर प्रमुखमा उम्मेदवार थिए । आगामी चुनावमा उनी मेयर जित्ने प्रवल सम्भावना रहेको अड्कल भइरहेको बेला उनी बलात्कार अभियोगमा मुछिएका छन् ।