काठमाडौं ।Floriculture Association Nepal(फ्यान)ले काठमाडौंमा २७औँ फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ।
फ्यानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले चैत ५ देखि ८ गतेसम्मBhrikutimandap Exhibition Hallमा एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित आयोजना हुने एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादन गरेका गुणस्तरीय फूल तथा आलंकारिक बोटबिरुवाको प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
एक्स्पोमा उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ, मौसमी फूल, आलंकारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) विधामा उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ।
फ्यानका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजकRam Bahadur Tamangका अनुसार मेलामा आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रीनहाउस, कृषि औजार तथा उपकरण, प्याकेजिङ सामग्रीलगायतका ८३ वटा प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन्।
फ्यानका अनुसार हाल देशका ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय सञ्चालन भइरहेको छ।Department of Customs Nepalको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात कारोबार २ करोड १३ लाख ६० हजार रुपैयाँ पुगेको संघले जनाएको छ।






Facebook Comments