वासिङ्टन डीसी —ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको आशंकापछि अमेरिकी राष्ट्रपतिडोनल्ड ट्रम्पलाई सेक्रेट सर्भिसले तत्काल सुरक्षित स्थानमा लगेको छ।

शनिबार साँझ वासिङ्टन हिल्टन होटल मा कार्यक्रम चलिरहँदा ठूलो आवाज आएपछि हलमा त्रास फैलिएको थियो। प्रत्यक्षदर्शी भिडियोमा सहभागीहरू टेबलमुनि लुकेको र सुरक्षाकर्मीले “तल बस्न” निर्देशन दिएको देखिन्छ।

आवाज आएलगत्तै हतियारधारी एजेन्टहरूले राष्ट्रपतिलाई घेराबन्दी गर्दै बाहिर निकालेका थिए भने कार्यक्रम स्थललाई नियन्त्रणमा लिइएको छ। एक सुरक्षा अधिकारीका अनुसार ७–८ राउन्ड गोली चलेको आशंका गरिएको छ।

घटनामा संलग्न सन्दिग्ध पक्राउ परेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जनाएका छन्, यद्यपि यसबारे आधिकारिक विवरण आउन बाँकी छ।

तस्विरः गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेपछि