भारत । भारतको तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । तीमध्ये २० जनाको अवस्था चिन्ताजनक छ ।

तीब्र गतिमा विपरीत दिशामा गुढररहेका दुईवटा बस घुमाउरो बाटोमा आइतबार ठोक्किएका थिए । ठोकिएपछि दुवै बसको अगाडिको भाग क्षतविक्षत भएको थियो । धेरै यात्रुहरु बसभित्रै अड्किएका थिए ।

स्थानीय बासिन्दाहरू तत्काल घटनास्थल पुगेर उद्धार अभियान सुरु गरेका थिए । पछि प्रहरी पुगेर घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याइएको थियो ।

सो दुर्घटनामा सुरुमा ७ जनाको मृत्यु पुष्टि भएको थियो, तर उद्धार कार्य पूरा भएपछि मृतकको संख्या बढेर ११ पुगेको हो ।

तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

पुलिसले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमानअनुसार दुर्घटना तीव्र गति र सडकको मोडका कारण हुनसक्ने बताइएको छ ।