काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसीसी महिला विश्वकप छनोटका लागि प्रारम्भिक क्याम्पमा २६ जना खेलाडीलाई बोलाएको छ । क्याम्प शुक्रबारदेखि मुलपानीमा सुरु हुने बताइएको छ ।
बिहीबार बन्द प्रशिक्षणमा बोलाइएका २६ खेलाडीहरुको सूची सार्वजनिक गरेको हो । संघका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिअनुसार, यो प्रतियोगिता सन २०२६ जनवरी १२ देखि फेब्रुअरी ९ सम्म काठमाडौंमा सञ्चालन हुनेछ ।
क्याम्पमा बोलाइएका खेलाडी :

इन्दु बर्मा, राजमति ऐरी, सीता रानामगर, सम्झना खड्का, कबिता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रूबी पोदार, पूजा महतो, कबिता कुँवर, रुबिना क्षेत्री, साना प्रविण, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी



Facebook Comments