गोवा । भारतको तटीय क्षेत्र गोवास्थित एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो । 

आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ । आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन् । 

शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीले बताएको छ । ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा आगलागी भएको हो । आगो भुइँ तल्लाको भान्सा क्षेत्रमाबाट सुरु भएको र भान्सा वरपरबाट शव संकलन गरिएको छ । 

द इन्डियन एक्सप्रेसका अनुसार उक्त आगलागी तटीय क्षेत्रको सबैभन्दा लोकप्रिय समुद्र तटमध्ये एक बागामा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा भएको थियो । तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ। उनले ’तीन वा चार’ पर्यटकहरूको मृत्यु भएको बताइएको छ ।