काठमाडौं।शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित NASA College ले नयाँ भवन, अत्याधुनिक भौतिक पूर्वाधार र सशक्त व्यवस्थापनसहित आफ्ना शैक्षिक गतिविधिलाई थप सुदृढ बनाएको छ। युगानुकुल र समयसापेक्ष शिक्षा प्रदान गर्ने लक्ष्यका साथ कलेजले भौतिक, शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा उल्लेखनीय सुधार गरेको जनाएको छ।
हालै सञ्चालनमा आएको नयाँ भवन आधुनिक शैक्षिक मापदण्डअनुसार निर्माण गरिएको हो। स्मार्ट कक्षाकोठा, ICT–आधारित शिक्षण प्रणाली, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यवस्थित पुस्तकालय, स्वच्छ क्यान्टिन र सुरक्षित क्याम्पस संरचनाले विद्यार्थीको बहुआयामिक विकासमा सहयोग पुर्याइरहेको कलेजको भनाइ छ।
नयाँ व्यवस्थापनको नेतृत्वमा शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको चौतर्फी विकास, अनुशासन र पारदर्शितालाई प्रमुख प्राथमिकतामा राखिएको छ। विद्यार्थी–केन्द्रित शिक्षण पद्धति, शिक्षकको क्षमता अभिवृद्धि, नियमित मूल्याङ्कन प्रणाली तथा अभिभावकसँगको सहकार्यलाई व्यवस्थापनले विशेष महत्व दिएको जनाएको छ।
NASA College ले हाल विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्ययन गराउँदै आएको छ। आगामी शैक्षिक सत्रदेखि कानुन र मानविकी संकायका कक्षाहरू पनि सञ्चालन गर्ने तयारी भइरहेको कलेजले जानकारी दिएको छ। शैक्षिक अध्ययनसँगै सह–पाठ्यक्रम गतिविधि, करियर काउन्सेलिङ तथा व्यक्तित्व विकास कार्यक्रममार्फत विद्यार्थीलाई सक्षम, प्रतिस्पर्धी र जिम्मेवार नागरिक बनाउने लक्ष्य लिइएको छ।
कलेजका प्रबन्ध निर्देशक दीपक न्यौपानेका अनुसार नयाँ भवन, आधुनिक पूर्वाधार र सुदृढ व्यवस्थापनसहित NASA College गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने दिशामा अग्रसर छ।
उनले भने, “विगतमा कलेज सञ्चालन र व्यवस्थापनबाट हासिल गरेको अनुभवलाई अब पूर्ण रूपमा NASA College को विकासमा लगानी गर्दै विद्यार्थीको सपना साकार पार्ने देशकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने हाम्रो लक्ष्य हो।”
नयाँ भवनसहितको अत्याधुनिक पूर्वाधार र नयाँ व्यवस्थापनका कारण NASA College अब केवल एक शिक्षालय मात्र नभई विद्यार्थीको भविष्य निर्माण गर्ने विश्वासिलो गन्तव्य बन्दै गएको छ। “Native Roots to Global Heights” भन्ने आदर्शलाई आत्मसात् गर्दै कलेज विद्यार्थीको सपनामा उडान भर्न प्रतिबद्ध रहेको जनाएको छ।






Facebook Comments