काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ। परीक्षा सुरु हुने पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा लिइनेछ। त्यही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजी विषयको परीक्षा हुने तालिका सार्वजनिक गरिएको छ।

एसईई परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ। बोर्डले तोकिएको परीक्षा केन्द्रमा समयमै उपस्थित हुन तथा परीक्षा सम्बन्धी निर्देशनहरू पालना गर्न परीक्षार्थीहरूलाई अनुरोध गरेको छ।