
काठमाडौँ, ७ माघ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार डिपोर्ट गरिएका ९० जना नेपाली नागरिक काठमाडौँ आइपुगिसकेका छन्। अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँ ल्याएर छाडेको हो। महानिर्देशक तिवारीले हालसम्म ४०० भन्दा बढी नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भइसकेको जानकारी दिनुभयो।
अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरूमा आवश्यक कागजात नपुगेका, गैरकानुनी रूपमा बसेका तथा अध्यागमन कानुन उल्लङ्घन गरेका व्यक्तिहरू रहेका छन्।
डिपोर्ट भई आएका नागरिकहरूमाथि हाल नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको विभागले जनाएको छ। यदि कोही मानव बेचबिखनको सिकार भएको पाइए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ। आवश्यक अनुसन्धान पूरा भएपछि सम्बन्धित व्यक्तिहरूलाई परिवारको जिम्मा लगाइने ब्युरोले जनाएको छ।






Facebook Comments