काठमाडौं — प्रतिनिधिसभा सदस्यको शपथ १२ चैतमा लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताबालेन्द्र शाह१३ चैतमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको शपथ लिन लागेका छन्। रास्वपाका शीर्ष नेताबीच सरकारमा बढीमा १५ मन्त्रालय रहने प्रारम्भिक समझदारी पनि बनिसकेको छ।
बिहीबार सम्पन्न रास्वपा शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्रीको शपथ, मन्त्रिपरिषद् गठन, सरकारको सुरुवाती प्राथमिकता र संसदीय दलको नेता चयनबारे छलफल भएको हो। बैठकमा सभापतिरवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वयडीपी अर्यालरस्वर्णिम वाग्लेसहभागी थिए।
प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपाले सांसदको शपथपछि प्रधानमन्त्री पदको शपथ लिने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेको छ। संसद् सचिवालयले पनि सांसदको शपथ मिति सार्वजनिक गरिसकेको छ।
संसदीय दलको नेता चयनबारे पनि पार्टी विधान संशोधन हुने तयारीमा छ। रास्वपाको विधान अनुसार पार्टीका साधारण सदस्यहरूले संसदीय दलको नेता चयनमा मतदान गर्नेछन्। विधान र राजनीतिक दलसम्बन्धी ऐन अनुसार संसदीय दलको नेता सरकारको नेतृत्व गर्ने व्यवस्था छ।
रास्वपा सभापति लामिछाने र शाहबीच १३ पुसमा भएको सहमतिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनपछि शाह संसदीय दलको नेता र भावी प्रधानमन्त्री बन्ने तय भइसकेको थियो।


Facebook Comments