काठमाडौं । काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् ।

ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना युगान्डाका महिलाहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो । बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको छ