काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।

सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका थिए ।

अधिकांश सांसदहरु पहिलोपटक संसदको यात्रा तय गरेका हुन् । यो पटक संसदमा ६ दलले संसदमा प्रतिनिधित्व गर्दै छ । सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका सांसदहरु छन् ।