काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि शुक्रबार राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । जस अनुसार प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएको छ । त्यस्तै डा स्वर्णिम वाग्ले अर्थ मन्त्रालय, सुधन गुरुङ गृह मन्त्रालय, शिशिर खनालले परराष्ट्र मन्त्रालय, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय र विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै खड्कराज पौडेलले पर्यटन मन्त्रालय, सस्मित पोखरेल शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय, निशा मेहता स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय तथा डा विक्रम तिमिल्सिनालाई सञ्चारको जिम्मेवारी दिइएको छ । त्यसैगरि प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, तथा सोविता गौतमलाई कानून मन्त्रालय, गीता चौधरी कृषि मन्त्रालय र वन मन्त्रालय, दीपक साहलाई श्रम मन्त्रालय र सीता वादीलाई महिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
प्रधानमन्त्री
१. बालेन्द्र शाह (बालेन)
- उमेर: ३६ वर्ष
- क्षेत्र: काठमाडौं / झापा–५ (निर्वाचन)
- पृष्ठभूमि: स्ट्रक्चरल इन्जिनियर, र्यापर
- अनुभव: काठमाडौं महानगरपालिकाका पूर्वमेयर
- विशेष: स्वतन्त्रबाट राजनीतिमा उदाएका, युवा नेतृत्वको प्रतीक
मन्त्रीहरू
२. स्वर्णिम वाग्ले (अर्थमन्त्री)
- उमेर: ५१ वर्ष
- पृष्ठभूमि: अर्थशास्त्री
- शिक्षा: LSE, हार्वर्ड, ANU
- अनुभव: राष्ट्रिय योजना आयोग सदस्य/उपाध्यक्ष, UNDP सल्लाहकार
- विशेष: पार्टीको आर्थिक नीतिकार, चुनावी घोषणापत्र संयोजक
३. सुधन गुरुङ (गृहमन्त्री)
- उमेर: ३८ वर्ष
- क्षेत्र: गोरखा–१
- पृष्ठभूमि: सामाजिक अभियन्ता
- अनुभव: ‘हामी नेपाल’ संस्था, भूकम्प राहत
- विशेष: जेनजी आन्दोलनपछि चर्चामा आएका
४. शिशिर खनाल (परराष्ट्रमन्त्री)
- उमेर: ४७ वर्ष
- शिक्षा: University of Wisconsin (Public Policy)
- अनुभव: पूर्व शिक्षा मन्त्री, Teach for Nepal
- विशेष: नीति निर्माण र शिक्षा क्षेत्रमा सक्रिय
५. सोबिता गौतम (कानुन मन्त्री)
- उमेर: ३० वर्ष
- क्षेत्र: चितवन–३
- पृष्ठभूमि: अधिवक्ता, मिडिया कर्मी
- अनुभव: टिभी प्रस्तोता/निर्माता
६. निशा मेहता (स्वास्थ्य मन्त्री)
- उमेर: ३८ वर्ष
- पृष्ठभूमि: नर्स
- शिक्षा: नर्सिङ (भारत)
- अनुभव: विराट टिचिङ हस्पिटल
- विशेष: स्वास्थ्य सेवा सुधारमा केन्द्रित
७. प्रतिभा रावल (संघीय मामिला मन्त्री)
- उमेर: ३२ वर्ष
- पृष्ठभूमि: पत्रकारिता
- अनुभव: टिभी रिसर्चर, सञ्चार क्षेत्र
- विशेष: समानुपातिक सांसद
८. गीता चौधरी (कृषि मन्त्री)
- उमेर: ३२ वर्ष
- पृष्ठभूमि: अधिवक्ता
- विशेष: सामाजिक न्याय र किसान मुद्दामा सक्रिय
९. सीता वादी (महिला मन्त्री)
- उमेर: ३० वर्ष
- विशेष:
- वादी समुदायबाट पहिलो सांसद
- पहिलो मन्त्री पनि
१०. सुनिल लम्साल (भौतिक पूर्वाधार मन्त्री)
- उमेर: ३५ वर्ष
- पृष्ठभूमि: सिभिल/स्ट्रक्चरल इन्जिनियर
- शिक्षा: भारत (स्नातकोत्तर), KU (PhD जारी)
- अनुभव: पूर्वाधार परियोजना
११. सस्मित पोखरेल (शिक्षा मन्त्री)
- उमेर: २९ वर्ष
- पृष्ठभूमि: कानुन, शिक्षा नीति
- अनुभव: काठमाडौं महानगर शिक्षा सुधार कार्यक्रम
- विशेष: युवा शिक्षा सुधार अभियन्ता
१२. विराजभक्त श्रेष्ठ (ऊर्जा मन्त्री)
- उमेर: ४४ वर्ष
- पृष्ठभूमि: व्यवस्थापन (Business Administration)
- अनुभव: पूर्व युवा तथा खेलकुद मन्त्री
- विशेष: भाषा नीति र सांस्कृतिक मुद्दामा सक्रिय
१३. गणेश पौडेल (पर्यटन मन्त्री)
- उमेर: ४३ वर्ष
- पृष्ठभूमि: प्राध्यापन
- अनुभव: शिक्षा तथा सामाजिक क्षेत्र
१४. विक्रम तिमिल्सिना (सञ्चार मन्त्री)
- उमेर: ४३ वर्ष
- शिक्षा: Griffith & Queensland University (अष्ट्रेलिया)
- पृष्ठभूमि: सञ्चारकर्मी
- अनुभव: रेडियो/अन्तर्राष्ट्रिय मिडिया
१५. दिपक शाह (श्रम मन्त्री)
- उमेरः ३४ वर्ष
पृष्टभूमीः दृश्टी विशेषज्ञ
अनुभवः नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष
शिक्षाः जनस्वास्थ्य विषयमा स्नातकोत्तर
मुख्य विशेषताहरू
- कुल सदस्य: १५
- ४० वर्षमुनि: १० जना
- महिला मन्त्री: ५ जना
- विशेषता:
- युवा नेतृत्वको वर्चस्व
- समावेशी प्रतिनिधित्व
- प्राविधिक/व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरू






Facebook Comments