काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।
शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताको विरोध प्रदर्शन गरेका हुन् । अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।
नेपाली कांग्रेसले भने पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ । नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने भएको हो ।
जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र लेखकलाई पक्राउ गरेकोबारे प्रारम्भिक धारणासमेत सार्वजनिक नगरेको कांग्रेसले ‘संसदीय सचेतना’ कार्यक्रममा समीक्षा गर्ने भएको हो । कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन नवनिर्वाचित सांसदहरूका लागि शनिबार बिहान ११ बजेबाट ‘संसदीय सचेतना’ कार्यक्रम सुरू गर्दैछ ।


Facebook Comments