सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई कार्यान्वयन गर्दै “डेलिभरी–आधारित शासन प्रणाली” लागू गर्ने घोषणा गरेको छ । यसअन्तर्गत प्रत्येक मन्त्रालयले निश्चित समयसीमाभित्र मापनयोग्य परिणाम दिनुपर्ने व्यवस्था गरिनेछ । साथै, संविधान संशोधनदेखि राष्ट्रिय प्रतिबद्धता निर्माणसम्मका विषयमा व्यापक राजनीतिक सहमति खोजिने जनाइएको छ । प्रशासनिक सुधारतर्फ सरकार आक्रामक देखिएको छ । मन्त्रालय संख्या घटाएर १७ मा सीमित गर्ने, अनावश्यक बोर्ड तथा समिति खारेज वा एकीकरण गर्ने, र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने निर्णय गरिएको छ । 
बालेन सरकारले प्रस्तुत गरेका शाशकीय सुधारका आधारहरुको मुख्य अंश यसप्रकार छन् :

1. राजनीतिक प्रतिबद्धता र जनविश्वास

  • निष्पक्ष निर्वाचनप्रति सम्मान र जनादेशको कार्यान्वयन
  • डेलिभरी-आधारित शासन प्रणाली लागू
  • साझा “राष्ट्रिय प्रतिबद्धता” तयार गरी कार्यान्वयन
  • संविधान संशोधनमा राष्ट्रिय सहमति
  • दलित तथा वञ्चित समुदायप्रति औपचारिक क्षमायाचना
  • Gen Z आन्दोलन पीडितको न्याय, पुनर्स्थापना र छानबिन
  1. प्रशासनिक सुधार र पुनर्संरचना
  • मन्त्रालय संख्या घटाएर १७ मा सीमित
  • अनावश्यक संरचना, बोर्ड, समिति खारेज/एकीकरण
  • प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त
  • कर्मचारी आचारसंहिता कडाइका साथ लागू
  • कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणाली
  • डिजिटल कर्मचारी व्यवस्थापन प्रणाली
  1. सार्वजनिक सेवा सुधार
  • नागरिक सेवा केन्द्र (१२ घण्टा सेवा) स्थापना
  • नागरिकता, पासपोर्ट लगायत सेवा पूर्ण डिजिटल
  • “फेसलेस, टाइम-बाउन्ड” सेवा प्रणाली
  • हेलो सरकारलाई सुदृढ र real-time ट्र्याकिङ
  • सरकारी कागजात घरमै पुर्‍याउने “Government Courier”
  1. डिजिटल शासन र डेटा प्रणाली
  • एकीकृत डिजिटल गभर्नेन्स प्लेटफर्म
  • “एक पटक डेटा, सबै ठाउँ प्रयोग” नीति
  • e-signature, NID आधारित सेवा
  • सबै सेवा tracking र monitoring प्रणाली
  • IT नियामक निकाय स्थापना
  • बेटिङ एप बन्द गर्ने निर्णय
  1. सुशासन र भ्रष्टाचार नियन्त्रण
  • सम्पत्ति छानबिन समिति गठन
  • Integrated Digital Asset Registry
  • भ्रष्टाचार विरुद्ध राष्ट्रिय कार्ययोजना
  • whistleblower संरक्षण र सदाचार नीति
  1. सार्वजनिक खरिद र आयोजना सुधार
  • खरिद ऐन संशोधन (Value for Money, e-procurement)
  • राष्ट्रिय Project Pipeline तयार
  • अलपत्र आयोजनाको समीक्षा
  • ठूला आयोजनामा Fast-track प्रणाली
  • end-to-end monitoring प्रणाली
  1. लगानी,उद्योग र निजी क्षेत्र
  • One Door Approval System
  • Startup Fast Track (२ दिनमै दर्ता)
  • SME र IT क्षेत्रमा ऋण सहजता
  • Private Sector Protection Strategy
  • PM Delivery Unit स्थापना
  • व्यवसाय दर्ता र कर प्रक्रिया डिजिटल
  1. रोजगार,सीप र उद्यमशीलता
  • रोजगार सेवा केन्द्रलाई “सीप तथा उद्यम केन्द्र” बनाउने
  • वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीकरण
  • स्थानीय स्तरमा सीप विकास र रोजगार योजना
  1. पर्यटन प्रवर्द्धन
  • नयाँ ट्रेकिङ रुट विकास
  • Wellness Tourism (योग, ध्यान)
  • “Nepal Wellness Year 2027”
  1. ऊर्जा र जलस्रोत
  • ऊर्जा निर्यात रणनीति
  • PPA र अनुमति छिटो निर्णय
  • विद्युत प्राधिकरण सुधार
  • उच्च मूल्य बजारमा निर्यात
  1. खानेपानी,वातावरण र जलाधार
  • एकीकृत खानेपानी टास्कफोर्स
  • फेवा ताल संरक्षण
  • जलवायु अनुकूलन कार्यक्रम
  1. स्वास्थ्य र शिक्षा सुधार
  • गरीबलाई निःशुल्क स्वास्थ्य सेवा (१०% बेड)
  • डिजिटल स्वास्थ्य प्रणाली
  • अस्पताल सेवा अनुगमन
  • औषधि आपूर्ति पारदर्शी
  1. आर्थिक र वित्तीय सुधार
  • निष्क्रिय धरौटी रकम परिचालन
  • वित्तीय पारदर्शिता र जोखिम निगरानी
  • व्यवसाय पुनर्स्थापना प्याकेज
  1. सामाजिक सुरक्षा र अन्य निर्णय
  • सहकारी बचत फिर्ता प्रक्रिया
  • महिला सुरक्षाका लागि “ब्लु बस”
  • सार्वजनिक यातायातमा CCTV/SOS
  • CIB प्रविधि सुदृढीकरण
  1. समग्र कार्यान्वयन ढाँचा
  • सबै निकायबीच समन्वय
  • KPI आधारित अनुगमन
  • सरकार, निजी क्षेत्र र नागरिक समाजको संयुक्त भूमिका
  • सरकारको १०० बुँदे कार्यसूची महत्वाकांक्षी र व्यापक देखिए पनि यसको सफलता कार्यान्वयनमै निर्भर रहनेछ। कागजमा राम्रो देखिने सुधारहरू व्यवहारमा लागू गर्न राजनीतिक इच्छाशक्ति, प्रशासनिक क्षमता र निरन्तर अनुगमन आवश्यक पर्छ। यदि प्रभावकारी रूपमा कार्यान्वयन भयो भने शासन प्रणालीमा सकारात्मक परिवर्तन सम्भव छ, अन्यथा यो पनि विगतका योजनाजस्तै घोषणामै सीमित हुने जोखिम रहन्छ ।