काठमाडौँ ।काठमाडौँ जिल्ला अदालतलेरवि लामिछानेलाई अर्को तारेख तोकेको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले आज अदालतबाट तारेख बुझेपछि अर्को पेशी बैशाख १४ गतेका लागि तय गरिएको अदालतका सूचना अधिकारीदीपककुमार श्रेष्ठले जानकारी दिए ।
लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका छन् । उनीमाथि ०८१ पुस २१ गते सङ्गठित रूपमा सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा अदालतले थप सुनुवाइका लागि अर्को तारेख तोकेको हो ।






Facebook Comments