काठमाडौँ । पूर्वमन्त्रीदीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका उनलाई उपचारका लागित्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागले जनाएको छ ।
विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति करिब साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाईनर्भिक अस्पताललगिएको थियो । त्यहाँ पनि अवस्था सुधार नभएपछि नर्भिकले उनलाई शिक्षण अस्पतालमा रिफर गरेको हो ।
हाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको विभागका एक अधिकृतले बताएका छन् । खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।






Facebook Comments