
काठमाडौं । जेनजी आन्दोलन हुँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल मंगलबार बिहान पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई उनकै निवास सुविधानगरबाट मंगलबार बिहान पक्राउ गर्यो । रिजाललाई थप अनुसन्धान तथा मुद्दा प्रयोजनाका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ । अब परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गर्नेछ । उनी पक्राउ पर्नुको कारण जेनजी आन्दोलनमा भएको व्यक्ति हत्या घटनासँग सम्बन्धित छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो ।
- सिफारिस गरिएका अन्य व्यक्तिहरू:
- तत्कालीन प्रधानमन्त्रीकेपी शर्मा ओली
- तत्कालीन गृहमन्त्रीरमेश लेखक
- गृहसचिवगोकर्णमणि दुवाडी
- आईजीपीचन्द्रकुवेर खापुङ
- एपीएफ प्रमुखराजु अर्याल
- राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहुतराज थापा
- मन्त्रिपरिषद्ले चैत १३ मा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
- गृहमन्त्रीसुधन गुरुङले कार्यान्वयनका लागि निर्देशन दिएका थिए।
- सोही क्रममा:
- शनिबार तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक पक्राउ परेका थिए।
- तीन दिनपछि रिजाल पनि पक्राउ परेका हुन्।
- आन्दोलन हिंसात्मक भएपछि रिजालले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका थिए।
- आयोगका मुख्य निष्कर्ष:
- गोली घुँडामुनि चलाउनुपर्ने नियम पालना भएन।
- अधिकांश मृतकको टाउको र छातीमा गोली लागेको पाइयो।
- अत्यधिक बल प्रयोग (excessive use of force) भएको देखियो।
- भीड नियन्त्रणका उचित उपाय अपनाइएन।
- आवश्यक सतर्कता र जिम्मेवारीमा लापरबाही भयो।
- रिजालले रबरको गोली चलाउन आदेश दिएको दाबी गरे पनि प्रमाणसँग मेल खाएन।
- संसद् परिसरमा ४ घण्टासम्म झडप हुँदा पनि उनले गोली प्रहार रोक्ने अधिकार प्रयोग नगरेको आरोप छ।
- कानुनी आधार:
- मुलुकी फौजदारी अपराध संहिता दफा १८२ अनुसार कारबाही सिफारिस।
- लापरबाहीबाट ज्यान गएको ठहरिएमा:
- अधिकतम ३ वर्ष कैद
- ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।






Facebook Comments