
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो ।
पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन् । भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । भेलामा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरू उपस्थित भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको छ ।
बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन् । उनले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका हुन् । शेखर पुगेसँगै खड्काले सबै नेतालाई आ–आफ्नो ठाउँ मा बसिदिन आग्रह गरेर बैठक अघि बढाए ।
बैठकमा १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ र दुई प्रदेश सभापति सहभागी छन् ।
यी हुन् भेलामा सहभागी नेताहरू :
पूर्णबहादुर खड्का
शेखर कोइराला
विमलेन्द्र निधि
प्रकाशमान सिंह
शशांक कोइराला
बद्रि पाण्डे
जीवन परियार
मान बहादुर विश्वकर्मा
मोहन बस्नेत
महेन्द्रा सुब्बा
सरस्वती बजिमया
कल्याणी रिजाल
शारदा पौडेल
पुष्प पराजुली
अर्जुन जंगबहादुर सिंह
आशा विक
सीता राना
राधा घले
रामहरि खतिवडा
जीवनबहादुर शाही
ध्यानगोविन्द रञ्जित
राजीव विक्रम शाही
मानबहादुर नेपाली
सीता देवकोटा
सरस्वती तिवारी
विद्या तिमलसिना
लक्ष्मी खतिवडा
जीवन राना
कान्तिका सेजुवाल
रमा कोइराला
शुशिला मिश्र
डा रण बहादुर रावल
इश्वरी न्यौपाने
महालक्ष्मी उपाध्याय डिना
अम्बिका बस्नेत
आनन्द ढुंगाना
बलबहादुर केसी
डा मिनेन्द्र रिजाल
एनपी साउद
शिव हुमागाईं
किरण पोडैल
उमेशजंग रायमाझी
जितजंग बस्नेत
गुरु बराल
गणेश लामा
दिपक गिरी
दीलेन्द्र बडू
कुन्दन काफ्ले
श्याम घिमिरे
गेहेन्द्र गिरी
मदनबहादुर अमात्य
गोविन्द भट्टराई
भीम पराजुली
हरिशरण नेपाली
शंकर भण्डारी
सीता गुरुङ
पद्म नारायण चौधरी
कृष्ण किशोर घिमिरे
प्रदीप सुनुवार
शान्ति विक
भेला औपचारिक नभएको नेता गुरु बरालले बताए । उनले भने, ‘यो ओपचारिक बैठक हैन, अनौपचारिक भेला हो । यो भेलाले पार्टीलाई ध्रुवीकरण नभई एकतावद्ध गर्न सहयोग गर्छ । यसमा निर्वाचन विषयमा समीक्षा हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकबारे पनि छलफल हुन्छ ।’
निवर्तमान सहमहामन्त्री बद्री पाण्डेले बैठक अनौपचारिक रहेको जानकारी दिए । ‘हामीले आज बोलाएको बैठक औपचारिक होइन, अनौपचारिक छलफल र परामर्श हो,’ पाण्डेले बैठकस्थलमा सञ्चारकर्मीहरूसँग भने ।
छलफल र परामर्शमा खासगरी निर्वाचनको समीक्षा, राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिबारे नेताहरूबिच कुराकानी हुने उनले बताए ।



Facebook Comments