काठमाडौं। पूर्वमिस नेपालउषा खड्गीले आफूलाई पूर्वपतिले लामो समयदेखि मानसिक यातना दिएको भन्दै सामाजिक सञ्जालमा आफ्नो पीडा पोखेकी छन्। उनको दाबी अनुसार, दोस्रो विवाह गरेर एउटै घरमा बस्दै आएका सञ्चारकर्मीजिपी तिमल्सिनाले उनलाई गालीगलौज र दुव्र्यवहार गर्ने गरेको छ।

उषाले लेखेकी छन् कि, ‘आफू बिहे गरेर, त्यही घरमा बच्चाहरूको अगाडि बस्ने लाज पचाएर मलाई जथाभावी बोलाउने, मुख छाड्ने, पाहुनाहरू आउँदा झिकझाक गर्ने कार्य लामो समयदेखि भइरहेछ। धेरै भइसकेको छ, अब अति भएर बोल्दैछु।’

सम्बन्ध विच्छेदपछि पनि उषा र जिपी एउटै घरमा बस्दै आएका छन्। उषाले घरको अंशका रूपमा तेस्रो तल्ला प्रयोग गरिरहेकी छिन्, जहाँ जिपी र उनकी दोस्रो पत्नीसविना अधिकारीबस्छन्। उषाले भनेकी छन् कि बारम्बार जिपीले आफूलाई तनाव दिने गरेको छ। उनले घरको बाँडफाँट स्पष्ट गर्दै भनिन्, ‘यो घर मेरो २५%, मेरो छोराको २५%, मेरी छोरीको २५% र बाँकी २५% उहाँको हो। तर कसरी जिपीले यो घर केवल आफ्नो भन्ने अधिकार राख्छन्? मेरो अधिकार कहाँ जाने? यो देशमा कानुन छैन कि?’

उषाले नयाँ सरकारले आफ्नो हक-अधिकार सुनिश्चित गर्दै न्याय दिनुपर्ने माग गरेकी छन्। उनले आफ्नो पूर्वपति सम्हाल्न जिपीकी दोस्रो पत्नी सविनालाई पनि सुझाव दिएकी छिन्। उनले भनिन्, ‘तिम्रो लोग्नेलाई सम्हाल्नु आवश्यक छ। मलाई गालीगलौज र हस्तक्षेपबाट जोगाउन प्रशासनले ध्यान दिनुपर्छ।’

उषा र जिपीले २०७९ जेठ २६ गते जिल्ला अदालत भक्तपुरमा सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेदपछि जिपीले मंसिर १९ मा सविना अधिकारीसँग विवाह गरेका थिए। सम्बन्ध विच्छेदको समयमा उषाले घरमा आफ्नो अंश दाबी गरेकी थिइन्। अदालतले सम्पत्ति बाँडफाँट गरेपछि जिपीले उच्च अदालतमा पुनरावेदन गरेका थिए। अन्ततः उक्त घर सबैको नाममा बराबरी प्रतिशत बाँडिएको थियो।