काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले तय गरेका मुख्य कार्यक्रमहरू यस प्रकार छन्:

  1. चैत २५ गतेसम्मजिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला आयोजना गर्ने।
  2. चैत २८ गतेसबै पालिकामा विरोध प्रदर्शन गर्ने।
  3. वैशाख ३ गतेवडा तहमा भेला आयोजना गर्ने।
  4. वैशाख ७ गतेप्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
  5. वैशाख १२ गतेराजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
  6. विद्यार्थी र पेशागत संगठनहरूसम्बन्धी गतिविधि समेटेर सबै जनसंगठनले आफ्नै ढंगले आन्दोलन सञ्चालन गर्ने र पार्टीको कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने। यस क्रममा भोलि बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।
  7. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्षरघुजी पन्त, उपमहासचिवयोगेश भट्टराईर केन्द्रीय सदस्यमीन बहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।
  8. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति सुनिश्चित गर्न उपाध्यक्षरामबहादुर थापा बादलर सचिवपद्मा अर्यालजिम्मेवार हुनेछन्। भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।
  9. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।