अमेरिकामा बसोबास गर्ने एक नेपाली युवतीलाई विश्वास गरेका “परिचित” व्यक्तिले बलात्कार गरेको घटना सार्वजनिक भएको छ। वर्षौंदेखि मानसिक स्वास्थ्यका समस्या र एक्लोपनसँग संघर्ष गर्दै आएकी ती युवती अस्पताल भर्ना पनि भएकी थिइन्।
घटनाका अनुसार, युवती परिवारदेखि टाढा, अञ्जान शहरमा एक्लै बस्दै थिइन्। मानसिक स्वास्थ्य उपचारको क्रममा केही समयपछि उनको परिवारसँग सम्बन्धित नेपाली व्यक्तिहरू अमेरिका आएका थिए। तीमध्ये एकजनालाई उनी दाइ मानेर विश्वास गरेकी थिइन् र आफ्नो अपार्टमेन्ट देखाउने क्रममा बलात्कार गरियो।
युवतीले आफ्ना अनुभूति सार्वजनिक गर्दै भनेकी छन्, “जति आशा र शक्ति बाँकी थियो, त्यो सबै हरायो। मेरो आवाज निस्किएन, चिच्याउन चाहन्थेँ, तर परिवारलाई केही भए भन्ने डरले केही भन्न सकिनँ। यस घटनाले मेरो आत्मा, शरीर, मन र दिमाग सबैलाई प्रभावित पारेको छ।”
घटनापछि पीडितले आफ्नो परिवार र समाजप्रति क्षमायाचना गरेकी छन् र दोषी व्यक्तिले न्यायको सामना गर्नुपर्नेमा जोड दिएकी छन्। उनले थपिन्, “पछिल्लो समयमा न्याय पाउने आशा छैन, तर यसले अरूलाई पनि गलत गर्ने बाटो नखोलोस्।”
यो घटनाले मानसिक स्वास्थ्य, विश्वास र सुरक्षा जस्ता संवेदनशील विषयमा ध्यानाकर्षण गराएको छ। पीडितले आफ्नो अनुभव साझा गरेर अन्य पीडितलाई पनि सचेत हुन र साहस राख्न प्रेरित गर्न चाहेको बताइन्।
युवतीले बलात्कारको आरोप लगाएका युवा कलाकार सागर लम्साल बले हुन् ।
यस्तो त पीडित भनिएकी युवतीको स्टाटसः



Facebook Comments