काठमाडौंमा गुन्डागर्दी नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अपरेसनका क्रममा १८  जनालाई पक्राउ गरिएको छ। गएराति काठमाडौंका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोली सक्रिय रहेका थिए।

प्रहरीका अनुसार अपराध अनुसन्धान कार्यालयको टोलीले मात्रै कम्तीमा १३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमासञ्जिव लामा,सुरेश गिरीअशोक गिरीलगायत रहेका छन्। उनीहरू पछिल्लो समय काठमाडौंका विभिन्न क्षेत्रमा गुन्डागर्दी गतिविधिमा संलग्न रहेको आरोप छ।

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको अर्को टोलीले थप पाँच जनालाई पक्राउ गरेको छ। प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेमाप्रविण तामाङरहेका छन्, जो श्याम लामा समूहसँग आबद्ध भई बौद्ध क्षेत्रमा सक्रिय रहेको बताइएको छ।

त्यस्तै, कलंकी–बाफल क्षेत्रमा सक्रियबिर्जु महर्जन, कलंकी बस टिकट काउन्टर तथा पेट्रोल पम्प आसपास क्षेत्रमा गुन्डागर्दी गर्नेसुजन कार्कीर स्यूचाटार क्षेत्रमा सक्रियसरु हुमागाइलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका १३ जना–

–सजिंव लामा, काभ्रे नमोबुद्ध–१

–अशोक गिरी, सिन्धुपाल्चोक मेलम्ची–७

–वकिल वम, कालिकोट, पलाता

–सुरेश गुरुङ भन्ने किमजोङ, खोटाङ, एंसेलुखर्क–१

–संजिव राई, खोटाङ, एंसेलुखर्क–२

–राज कमुमार तामाङ, काभ्रे, पाँचखाल–४

–बिनोद ठकुरी, काभ्रे, मण्डनदेउपुर–१०

–शेर्पा लामा, काभ्रे, चुरिदेउराजी–७

–राहुल राई, खोटाङ, कपिलासगढी

–समेश तामाङ, नुवाकोट, दुप्चेश्वर–४

–सुन बहादुर तामाङ, नुवाकोट, शिवपुरी–५

–वीर बहादुर लामा, काभ्रे, मण्डनदेउपुर–१०

–महेश महत, ललितपुर, महाङ्काल

काठमाडौं प्रहरी परिसरले पक्राउ गरेका ५ जना–

–प्रविण तामाङ (डिम्पल) (श्याम लामा समूहमा सक्रिय रही बौद्द एरियामा गुण्डागर्दी गर्दै आइरहेको)

–बिर्जु महर्जन (कलंकी– बाफल एरियामा गुण्डागर्दीमा संलग्न)

–सुजन कार्की (कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दिमा सक्रिय)

–सरु हुमागाईं (स्यूचाटार एरियामा गुण्डागर्दिमा सक्रिय, पछिल्लो समय ग्याङ निर्माणमा लागेको)

–विकि लामा (बौद्ध एरियामा लुटपाट तथा गुण्डागर्दिमा संलग्न)