काठमाडौं । प्रतिनिधिसभा बैठकले बिभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सोमबार बसेको बैठकले ‘मतदाता नामावली पहिलो संशोधन अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत गरेको हो । बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । 

तीनवटै प्रस्तावमाथि सभामुख अर्यालले ‘हुन्छ र हुन्न’ भनी मत विभाजन गर्दा हुन्न भन्ने पक्षमा कुनै सांसद देखिएनन् । सभाबाट पूर्वसांसद रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पारित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।