सुर्खेत । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सिमानामा खटिने सुरक्षाकर्मीहरूलाई राष्ट्रको वास्तविक रक्षकको रूपमा आत्मसात गराउनुपर्नेमा जोड दिएका छन्।
सुर्खेतस्थित नं. ६ महेश्वरी बाहिनी मुख्यालयको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी अर्यालले भने, ‘हामी हरेक सिमानाका रक्षक, पिल्लर र पर्खाल हौं भन्ने अनुभूति जवानले अनुभव गर्नुपर्छ। त्यसपछि मात्र तराईको तातो वा हिमालको हिउँले असर गर्दैन।’
उनले जवानहरूले आफ्नो ड्युटीको महत्व महसुस गर्न सके मात्र उनीहरू अझ जिम्मेवार र समर्पित बन्ने बताए। आईजीपी अर्यालले कमाण्डरहरूको भूमिकामा पनि जोड दिँदै यस्तो भावना जवान तहसम्म पुर्याउन आवश्यक रहेको उल्लेख गरे।






Facebook Comments