ललितपुर ।पाटन दरबार स्क्वायर क्षेत्रमा बुधबार साँझ चक्कु प्रहारबाट दुई दाजुभाइको हत्या भएको छ।

▶️ फोन कलको सामान्य गल्तीले लियो ज्यान

प्रहरीका अनुसार, गलत नम्बरमा फोन लागेपछि सुरु भएको विवाद अन्ततः ज्यानै जाने घटनामा परिणत भयो।
माफी माग्न र मिल्न पुगेका दाजुभाइमाथि आक्रमण भएको हो।

▶️ मृतक को-को?

  • सुमित नेम्वाङ(३३ वर्ष)
  • सिर्जन नेम्वाङ(२५ वर्ष)

▶️ आक्रमण कसले गर्‍यो?

  • सञ्जीव नेपाली– मासु पसलमा काम गर्ने
  • सहयोगी:गगन सुनार

▶️ घटना कसरी भयो?

  • माफी माग्न पाटन पुगेका दाजुभाइ
  • अचानक सिर्जनमाथि चक्कु प्रहार
  • छुट्याउन जाँदा दाइ सुमितमाथि पनि आक्रमण
  • दुवै गम्भीर घाइते

▶️ घटनास्थलबाटै पक्राउ

भाग्ने क्रममा रहेकासञ्जीव नेपालीलाई प्रहरीले नजिकैको रेष्टुरेन्टबाट नियन्त्रणमा लियो।
प्रहरीका अनुसार, पक्राउका क्रममा उनले एक महिला प्रहरीमाथि दुर्व्यवहारको प्रयाससमेत गरेका थिए।

▶️ अस्पतालमा मृत्यु

घाइते दाजुभाइलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।

▶️ लन्डन जाने तयारीमा थिए

दुवै दाजुभाइ आमालाई भेट्न लन्डन जाने तयारीमा रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

▶️ प्रहरीले के भन्यो?

“फोन कलको सामान्य विवादबाट घटना भएको देखिन्छ, थप अनुसन्धान जारी छ,”
होविन्द्र बोगटी


📌अपडेट जारी…
प्रहरीले सीसीटीभी र प्रत्यक्षदर्शीका आधारमा थप अनुसन्धान अघि बढाएको छ।