
काठमाडौं । काठमाडौँ उपत्यकामा वर्ष २०८३ को पहिलो दिनदेखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ । साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो । काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकासँगको समन्वय तथा साझेदारीमा साझा बसले यो रात्री सेवा सञ्चालन आरम्भ गरेको हो ।
काठमाडौँ उपत्यकामा नयाँ वर्ष २०८३ को पहिलो दिनदेखि रात्रिकालीन बस सेवा सुरु हुनु शहरी यातायातका लागि महत्त्वपूर्ण कदम मानिएको छ। यो सेवाकाठमाडौँ महानगरपालिका,ललितपुर महानगरपालिका,बुढानीलकण्ठ नगरपालिकारचन्द्रागिरी नगरपालिकासँगको सहकार्यमा सुरु गरिएको हो। सम्बन्धित चारवटै स्थानीय तह र साझा यातायातबीच लिखित सम्झौता समेत भइसकेको छ।
बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुखअनिता लामाका अनुसार यो सेवाले रात्रीकालीन व्यवसाय, उद्योगका श्रमिक, अतिरिक्त समय काम गर्ने कर्मचारी, विद्यार्थी तथा विशेष गरी महिला र किशोरीहरूलाई ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बसमा नगर प्रहरीको उपस्थिति रहनेछ भने एआई प्रविधियुक्त सिसिटिभीमार्फत नियन्त्रण कक्षबाट निगरानी गरिनेछ। भाडा भने दिउँसोकै सरह रहनेछ।

बुढानीलकण्ठका मेयरमिठाराम अधिकारीले हाल सात वटा विद्युतीय बस सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्। ती बसमा वाइफाइ, सिसिटिभी जस्ता सुविधा उपलब्ध छन् र नियमित अन्तरालमा सेवा दिइनेछ।
पहिलो चरणमा सञ्चालन भएका मुख्य रुटहरू:
- लगनखेल ↔ बुढानीलकण्ठ
- थानकोट ↔ एयरपोर्ट
लगनखेलदेखि बुढानीलकण्ठसम्मको रुट करिब १६ किलोमिटर लामो छ, जसमा पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र जस्ता प्रमुख स्थानहरू समेटिएका छन्।
यो सेवा हाल परीक्षण/प्रारम्भिक चरणमा रहेको र यात्रुको मागअनुसार भविष्यमा विस्तार गरिने योजना रहेको बताइएको छ।



Facebook Comments